औषधि लिन जहाज चीन जाँदै - JamarkoOnline

औषधि लिन जहाज चीन जाँदै

 

औषधि लिन जहाज चीन जाँद
पथरीशनिश्चरे, १५ चैत ..
कोरोनोको उपचार लक्षित औषधी, डाक्टरले लगाउने पर्सनल प्रोटेक्टिभ युनिट पीपीई, भेन्टिलेटर सहितका सामग्री लिन आज नेपाल एअरलाइन्सको जहाज चीन जाँदैछ ।
सरकार र नीजि क्षेत्रले चीनमा खरिद गरेका औषधी र मेडिकलजन्य सामग्री लिन वाइडबडी जहाज आज दिउँसो साढे १२ बजे चीनको ग्वान्झाउ जान लागेको अपरेसन विभागका प्रमुख क्याप्टेन दिपु जुहार्चनले जानकारी दिएका छन् ।
४ जना पाइलट, २ जना इन्जिनियर, लोड मास्टर लगायत १० जना मात्रै जहाजमा रहनेछन् ।
औषधी र अन्य मेडिकलजन्य सामग्री बोकेर जहाज आजै राति ११ बजेको हाराहारीमा नेपाल फर्कने छ । जहाजले कोरोनोको उपचार लक्षित औषधी, डाक्टरले लगाउने पर्सनल प्रोटेक्टिभ युनिट पीपीई, भेन्टिलेटर लगायतका सामग्री ल्याउने उल्लेख छ ।

सम्बन्धित खवर