पथरीमा कालोबजारी गर्ने एउटा पसल वन्द - JamarkoOnline

पथरीमा कालोबजारी गर्ने एउटा पसल वन्द

पथरीशनिश्चरे, ११ चैत
कोरोना भाइरसको त्रासको मौका छोपेर मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा एउटा पसलले कालोबजारी गरेको फेला परेको छ ।
केही पसलमा कालोबजारी भइरहेको भन्ने जानकारी पाएर पथरी शनिश्चरे नगरपालिकाको अनुगमन् समितिको अगुवाईमा पथरी उद्योग वाणिज्य संघ र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले आज छड्के अनुगमन् गर्दा त्यस्तो पाइएको हो । १ नम्बर वडाको पथरी बजारस्थित यक्ष खरिद विक्री केन्द्रले खाद्यवस्तुमा कालोबजारी गरेको भेटिएपछि पसललाई शिलवन्दी गरिएको छ ।
दिलीप जैनले सञ्चालन गरेको सो पसलमा चैत २ गते ५० किलोग्राम मन्सुली चामल १ हजार ९ सयमा विक्री गरेकोमा मंगलबार २ हजार ४ सयमा विक्री गरेको पाइएको नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाले वताइन् । साथै त्यहाँबाट गाइवस्तुलाई खुवाउने चोकरको मुल्य २ हजार देखि २ हजार १ सयसम्म पर्नेमा २ हजार ४ सय रुपैयाँ प्रति बोरा विक्री गरी कालोबजारी गरेको पाइएको वास्तोलाले उल्लेख गरिन ।
बजारमा कालाबजारी र कृत्रीम अभाव रोक्नका लागि यो बेला अझ सचेतता अपनाउँदै बेला बेला छड्के अनुगमन् गरिने संयोजक वास्तोलाले जनाइन् । नगरपालिका कार्यालयको अगुवाईमा यसअघि स्वास्थ्य संस्था तथा औषधि पसलहरु र ग्यास पसलको पनि अनुगमन् गरिएको थियो ।

सम्बन्धित खवर