भोलीदेखि देश बन्द - JamarkoOnline

भोलीदेखि देश बन्द

 

भोलीदेखि देश बन्
पथरीशनिश्चरे, १० चैत
कोरोना संक्रमणबाट जोगिनका लागि सरकारले भोलीबाट देशलाई पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको छ ।
कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । भोली विहान ६ बजेबाट एक सातासम्म स्वास्थ्य तथा अतिआवस्यक कार्यालयका कर्मचारी बाहेककालाइ घरबाट बाहिर निस्कन नपाउने र यातायातका साधन चलाउन नपाउने घोषणा गरिएको छ ।
सबै नागरिक घरभित्र बस्नुपर्नेछ । सुरक्षा निकाय र एम्बुलेन्स बाहेक अरु गाडी चल्न नपाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले जनाए । यो निर्णय आउँदो चैत १८ गतेसम्म लागु हुनेछ ।
मन्त्री नेम्वाङका अनुसार अब आन्तरिक जहाज पनि उड्न पाउने छैनन् ।
कोरोना सङ्क्रमण रोक्न गरेको निर्णय कार्यान्वयन गर्न सर्वसाधारणको सुरक्षाका लागि नेपाल प्रहरीले ‘‘हामी तपाईंको सुरक्षार्थ बाहिर छौँ, तपाईं हाम्रो सुरक्षार्थ भित्रै बस्नुहोस्,’’ सन्देश बनाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

सम्बन्धित खवर