सज्जालाई जिताउन आव्हान - JamarkoOnline

सज्जालाई जिताउन आव्हान

पथरीशनिश्चरे, ९ चैत..
मोरङको पथरीशनिश्चरे २ बोक्रेचोककी सज्जा चौलागाईंलाई ‘नेपाल आइडल’को तेस्रो संस्करणमा जिताउन आव्हान गरिएको छ ।
आज पथरीशनिश्चरेमा सज्जाका आफन्त र शुभचिन्तकहरुको भेलाले सवैलाई त्यस्तो आव्हान गरेको हो ।
कोलाकोलाले प्रायोजन गरेको अनि एपीवान टेलिभिजनमा रियालिटी सो का रुपमा प्रस्तुत प्रत्येक शुक्रवार राती प्रशारण हुने यो कार्यक्रम गीतसंगीतप्रेमीका लागि निकै चासोको कार्यक्रम बनेको छ । जसमा आशालाग्दो प्रतिभाका रुपमा सज्जा उदाएकी छिन् । उनी नेपाल आइडल वन्ने सपना बोकेर अहिले उत्कृष्ठ ४ मा आइपुगेकी छन् ।
सृजना क्षेत्रसँग नजिक रहेका पर्शुराम न्यौपाने र विश्वमणि निरौलाको पहलको भेलामा सज्जाका बुबा टंक, भाई सविन सहित सामाजिक अगुवाहरु सहभागि थिए । छलफलमा सहभागि नगरप्रमुख दिलीपकुमार राईले यस्ता प्रतिभालाई नगरको मात्र नभएर प्रदेशकै शान बनाएर जान अनि नेपालकै शानमा रुपान्तरण गर्नका लागि कुनै वाद या पक्ष नभनी सवैको एकतामा अघि बढ्नु आवश्यक रहेको बताए । २ दिनभित्र एउटा समिति बनाएर संस्थागत प्रचार प्रसारमा जुट्ने छलफलले निर्णय गरेको छ ।

सम्बन्धित खवर