पथरीशनिश्चरेमा ग्यासको मुल्य फरक फरक - JamarkoOnline

पथरीशनिश्चरेमा ग्यासको मुल्य फरक फरक

पथरीशनिश्चरे, ७ चैत..
मोरङको पथरी शनिश्चरे नगर क्षेत्रका अनुगमन् गर्दा व्यवसायीहरुले फरक फरक मुल्यमा ग्यासको विक्री गर्ने गरेको पाइएको छ ।
नगरको व्यवसायिक चुस्तता कायम राख्ने कुरालाई ध्यान दिन जोड गर्ने क्रममा आज भएको ग्यास पसलहरुको अनुगमन्का क्रममा त्यस्तो पाइएको नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाले जनाइन् ।
पसलहरुमा प्रतिसिलिण्डर ग्यास भर्दा १ हजार ३ सय ५० देखि १ हजार ३ सय ५५ र १ हजार ३ सय ७५ रुपैयाँ सम्म लिइएकोले ग्यासको मुल्यमा भनें एकरुपता नपाइएको अनुगमन् संयोजक वास्तोलाले वताइन् । अनुगमन्का क्रममा कृत्रीम अभाव सिर्जना नगर्न र महंगो मुल्यमा ग्यास विक्री वितरण नगर्न अनुरोध गरिएको पनि जनाइन् । फरक फरक कम्पनीको भएकाले फरक मुख्य भएको हुनसक्ने विक्रेताहरुको भनाई छ ।
वास्तोलाको अगुवाईको नगरको अनुगमन् समिति तथा पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेत सहित इलाका प्रहरी कार्यालय पथरीको टोलीले ७ वटा ग्यास पसलको अनुगमन् गरेको छ । पसलहरुबाट ग्यासको कृत्रीम अभाव सृजना गरेको पाइएको छैन । कोरोना भाइरसको संक्रमणले नाकावन्दी हुनसक्ने त्रासले ग्यासको उपभोग उपभोक्ताहरुबाट बढी भएकाले ग्यासको मौज्दात भनें खास नभएको देखिएको छ । २ नम्वर वडाको पाथीभरा सप्लायर्समा कोशी ग्यास ८० वटा र १ नम्वरको मोरङ भाडा पसलसँगैको पसलमा कामाख्य ग्यास ९ वटा सिलिण्डर भरिएको अवस्थाको रहेको बाहेक ग्यास आउने र सकिइहाल्ने क्रम चलिरहेको पाइएको छ ।
टोलीले वडा नम्वर १ का ३ वटा, २ का २ वटा र १० का २ वटा पसलको अनुगमन् गरेको छ । ग्याससँगै भएका किराना पसलमा नूनको पनि अनुगमन् गर्दा नूनको अभाव देखिएको छैन । यस अघि अनुगमन् समितिले मास्क सहितको औषधि पसलहरुको अनुगमन् गरेको थियो ।

सम्बन्धित खवर