चलचित्र पत्रकारमा दिनेश - JamarkoOnline

चलचित्र पत्रकारमा दिनेश

काठमाडौं, ४ चैत..
चलचित्र पत्रकार संघ नेपालको आठौं महाधिवेशनबाट अध्यक्षमा दिनेश सिटौला निर्वाचित भएका छन् ।
तीन वर्षे नयाँ कार्यकालका लागि सिटौलाले अन्य ३ प्रतिष्पर्धीलाई पराजित गर्दै निर्वाचित भएका हुन् । सिटौलाले ७० मत ल्याएर निर्वाचित भए भनें अध्यक्षका प्रत्यासी
डब्बु क्षेत्रीले ३९ , अनिल यादवले १४ र गीता अधिकारी पनि १४ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा जीवन पराजुली, दिपज्योती थापा र कुबेर डङ्गोल निर्वाचित भएका छन् । महासचिवमा समीर बलामी, सचिवमा रघुनाथ सापकोटा र विशाल हसिन राई निर्वाचित बने । कोषाध्यक्षमा प्रदिप कार्की र सहकोषाध्यक्षमा बिनोद पोखरेल तथा सदस्यमा दीपक गुरुङ, सुरक्षा भट्टराई, आशिष ओली, गोपीकृष्ण चापागाईं, मिलन ढुङ्गाना, मनिष अन्जान, नवीन गिरी, सृष्टि पोखरेल चयन भएको संघले जनाएको छ ।

सम्बन्धित खवर