हिमेश पहिलो ‘कमेडी च्याम्पियन’ - JamarkoOnline

हिमेश पहिलो ‘कमेडी च्याम्पियन’

काठमाडौं, २ चैत
धादिङका लजिकल कमेडियन हिमेश पन्त नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी ‘कमेडी च्याम्पियन’ बनेका छन् ।
च्यासलस्थित ‘कमेडी च्याम्पियन’को स्टुडियोमा भएको ग्रान्ड फिनालेको रियालिटी सोमा उनले सुनसरीका सुमन कोइराला र रोल्पाका खड्गबहादुर पुनलाई पाखा लगाउँदै उपाधी हात पारेका हुन् । उपाधि जितेसँगै बिजेता पन्तले २५ लाख नदग र कार पाएका छन् । ३ जना प्रतिस्पर्धीले नै च्याम्पियन यूनिटसँग वल्र्ड टुर गर्न पाउने भएका छन् ।
विशाल भण्डारीले निर्देशन गरेको ‘कमेडी च्याम्पियन’को ग्रान्ड फिनालेमा प्रमुख अतिथिको रुपमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ उपस्थित थिए । साथमा थिए कान्तिपुर टिभी र रेडियोका स्टेशन म्यानेजर तथा चलचित्र निर्देशक दिनेश डिसी पनि । जसमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक थिए । सोलाई रिमा विश्वकर्माले आकर्षण उद्घोषण गरेकी थिइन् ।

सम्बन्धित खवर