होली - गजल (रङहरू) - JamarkoOnline

होली – गजल (रङहरू)

होली – गजल

 

खुशीले रंगीन बनोस् होलीको दिन

मनहरू स्फूर्तिले नजिक बनोस् होलीको दिन

 

बर्षमा एकपटक आउने रङहरूको

यो चाड माया सदभाव अझै बनोस् होलीको दिन

 

हरेक रङहरूले खुशी छर्ने रमाईलो यो पर्व

दुःख भूली सबै उमंग बनोस् होलीको दिन

 

साथी संगी मिली खुलेर मनाउने हो यो चाड

मित्रता झनै रङबिरंगी बनोस् होलीको दिन

 

बन्धुबान्धबबिचको दुरी मेट्ने यो पनि हो

पर्व सम्बन्ध पुरै रंङीचंङी बनोस् होलीको दिन

 

रचना : तारा लाओती लिम्बू

ठेगाना : पथरी-शनिश्चरे १, बिशाल चौक, मोरङ

 

सम्बन्धित खवर