पत्रकार कमल पौडेलको उपचारमा १ लाख बढी संकलन - JamarkoOnline

पत्रकार कमल पौडेलको उपचारमा १ लाख बढी संकलन

पत्रकार कमल पौडेलको उपचारमा १ लाख बढी संकलन
पथरीशनिश्चरे, २३ फागुन
ब्लड क्यान्सरबाट पिडीत भएर काठमाडौंमा उपचाररत मोरङका पत्रकार कमल पौडेलको उपचारमा सहयोग पुर्याउन गठित बेलबारीमा गठित “पत्रकार कमल पौडेल उपचार सहयोग समिति उत्तरी मोरङ“को संयोजनमा रु १ लाख बढी रकम संकलन भएको छ ।
सो अभियान अन्तर्गत १ लाख २२ हजार ६ सय जम्मा भएको बेलबारीका पत्रकार केशु विरहीले जानकारी गराए ।
सो रकममध्ये २० हजारको चेक पत्रकार महासङ्घ मोरङ शाखाले संचालनमा ल्याएको “पत्रकार कमल पौडेल उपचार कोश“मा जम्मा गरेको वाँकी रकम भने पत्रकार पौडेल कार्यरत मकालु मिडियाको खातामा जम्मा गरिएको छ ।
त्यसमा सुकुना बहुमुखी क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरुबाट रु १५ हजार,
सुन्दरहरैंचा १० मा रहेको रेडियो सुसेली अन्तर्गतको एकता मिडिया प्रा.लिले १० हजार १ सय १० सहयोग उपलब्ध भएको थियो ।
त्यस्तै, लेटाङ नगरपालिका जनप्रतिनिधि तथा कर्मचारीहरुबाट ६ हजार ५ सय ६०, इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक गुणराज बुढाथोकीले आफ्नी श्रीमती रोशिका बुढाथोकी (दाहाल) को जन्मदिनको अवसर पारेर ६ हजार ५, युवा जागरण अभियान नेपालबाट ५ हजार सहयोग उपलब्ध भएको छ ।
सुन्दरहरैंचा ९, खोर्सानेस्थित शिद्धार्थ इङलिस स्कुलबाट ५ हजार, बेलबारी १ स्थित सयपत्री मल्टी प्रपोज कम्पनी प्रा.लिबाट ५ हजार, लेटाङको शान्ति भगवती माविका शिक्षकहरुबाट ३ हजार प्राप्त भएको छ । यो सहितको सम्पूर्ण रकमका बारेमा आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।

यता, पत्रकार पौडेलको उपचारका लागि पथरीशनिश्चरेका पत्रकारहरुले आफु आफु संकलन गरी १५ हजार रुपैयाँ छुट्टै पठाएका छन् ।

सम्बन्धित खवर