फागुन २१ देखि २३ सम्म विज्ञान प्रदर्शनी - JamarkoOnline

फागुन २१ देखि २३ सम्म विज्ञान प्रदर्शनी

पथरीशनिश्चरे, १८ फागुन
मोरङको पथरी शनिश्चरे १ स्थित पञ्चायत माविले आफ्नो ४० औं वार्षिकोत्सवका अवसरमा आगामी फागुन २१ देखि २३ गते सम्म बृहत विज्ञान प्रर्दशनी गर्ने भएको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीले स्थानिय स्रोत साधनको प्रयोग गरि बनाएको रोवट र ड्रोनको प्रयोग गरि रिवीन काट्ने र पुष्प वर्षा गर्दै कार्यक्रमको उद्घाटन गरिने विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले जनाए । विद्यार्थीहरुले २ वर्ष सम्म सिकेको सैद्धान्तिक शिक्षालाई बृहत विज्ञान प्रर्दशनीको मार्फत व्यवहारिक रुपमै प्रर्दशनमा ल्याउने उद्ेश्यका साथ कार्यक्रमको आयोजना गर्न लागिएको उनले वताए ।
साथै उनले १ नम्वर प्रदेशका विज्ञान संकाय संचालन गर्ने सवै विद्यालयहरुको सहभागिता रहने प्रदर्शनीमा २० हजार भन्दा वढि विद्यार्थी तथा अभिभावकले अवलोकन गर्ने अनुमान रहेको छ ।
प्रदर्शनीमा अटो स्ट्रिभ लाईट, स्र्माट डस्टविन, अव्सट्यागल अभोडिङ रोवट, रेन अर्लट स्सिटम, स्र्माट फोन कन्टा«ेल रोवट, स्र्माट चेयर, लन्डन ब्रिज, पञ्चायत माविको मोडल, हाईर्डोफोनिक्स, वोटानिकल गार्डेन, ग्रिन हाउस, वडा नम्वर १ को मोडल सहित ४६ स्टल रहने छन् । प्रर्दशनीमा विद्यालयका लागि ३६ वटा प्रर्दशनी स्टल र बाह्य सहभागि सस्थाका लागि १० वटा आधुनिक वस्तुहरुको स्टल रहने विद्यायलयका विज्ञान संकाय प्रमुख बुद्धिनाथ अधिकारीले बताए ।
३ दिने कार्यक्रमा विद्यालयको वार्षिक प्रतिवेदन, आगामी वर्षको कार्यक्रम प्रस्तुत, निशुल्क स्वास्थ्य परीक्षण, शिक्षक सम्मान तथा विदाई, पूर्व विद्यार्थी सम्मान, पुरस्कार वितरण, अक्षयकोष दाताबाट स्कुल व्याग, पोशाक र स्टेशनरी वितरण सहित विविध सास्कृतिक कार्यक्रम प्रस्तुत हुनेछन् ।
२०३६ सालमा स्थापना भएको विद्यालयले आफुलाई प्रदेश नम्वर १ कै विज्ञान संकायमा नमूना विद्यालयको रुपमा उभ्याउन सफल भएको छ । हाल विद्यालयमा विज्ञान संकाय र प्राविधिक तर्फ गरेर ५ सय भन्दा बढि विद्यार्थी अध्ययनरत रहेका छन्
यसअघि भीमकुमार राईको अध्यक्षतामा त्यहाँ भूतपूर्व विद्यार्थी समाज गठन भएको छ ।

तस्वीर ः गोपाल काफ्ले

सम्बन्धित खवर