आफ्नो काम इमान्दारितापूर्वक पुरा गर्छु ः मन्त्री डा. शिवमाया - JamarkoOnline

आफ्नो काम इमान्दारितापूर्वक पुरा गर्छु ः मन्त्री डा. शिवमाया

पथरीशनिश्चरे, ८ फागुन
नवनियुक्त कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री डाक्टर शिवमाया तुम्वाहाम्फेले आफ्नो जिम्मेवारी इमान्दारितापूर्वक पुरा गर्ने प्रतिवद्धता जनाउँदै अरुलाई पनि इमान्दारितापूर्वक जिम्मेवारी पुरा गर्न आव्हान समेत गरेकी छन् ।
मन्त्री नियुक्त भएपछि आज पहिलो पटक मोरङको आफ्नो गृहनगर उर्लावारी आइपुगेकी तुम्वाहाम्फेले कम्यूनिष्ट पार्टीका मानिसहरु झन इमान्दार वन्नुपर्ने आवश्यकता रहेको बताउँदै आफु इमान्दार भएरै काम गर्ने वचनवद्धता व्यक्त गरिन् ।
नेपाल कम्युनिष्ट पार्टी उर्लावारी नगर कमिटीले आयोजना गरेको सो कार्यक्रममा बोल्दै मन्त्री तुम्वाहाम्फेले सरकारले तय गरेको नीतिलाई इमान्दारितापूर्वक व्यवहारिक रुपमा सवैले अघि बढाए खुसी नेपाली र समृद्ध नेपालको नारा साकार हुनेमा जोड दिइन् ।
स्वागत तथा शुभकामना कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल सहितले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उहाँलाई उर्लावारी नगरपालिका कार्यालय र हाम्रो वचत सहकारीले पनि स्वागत कार्यक्रम राखेर कार्यकाल अर्थपूणर््ारुपमा सफल रहोस् भन्ने शुभकामना दिएका छन् । पथरीशनिश्चरेमा पनि नगर उपप्रमुख यमुना विष्ट वास्तोला सहित विद्यार्थी र युवाहरुले मन्त्री सम्बाहाम्फेको स्वागत गरेका थिए ।

सम्बन्धित खवर