मन्त्री वास्कोटालाई राजिनामा दिन ओलीको निर्देशन - JamarkoOnline

मन्त्री वास्कोटालाई राजिनामा दिन ओलीको निर्देशन

 

काठमाडौं, ८ फागुन
सेक्युरिटी प्रेस खरिदमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिन अनुरोध गरेका छन् ।
स्वीस कम्पनीका एजेन्टसंँग ७० करोड कमिसन हुनेगरी बार्गे्निङ गरेको अडियो टेप बाहिर आएपछि सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटालाई प्रधानमन्त्रीले आजै राजिनामा गराउन लागेको बालुवाटार स्रोतले बताएको छ । हिजो राती बाँस्कोटाको कमसिन मागेको अडियो टेप सार्वजनिक भएको थियो ।
उता, नेपाली कांग्रेसको तर्फबाट सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गरेका छन् ।
सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग सञ्चारमन्त्री बाँस्कोटाबीच भएको कमिसनको‘डिलिङ’को अडियो सार्वजनिक भएको उल्लेख छ ।

सम्बन्धित खवर