१ महिने ढाका तालिमको उद्घाटन् - JamarkoOnline

१ महिने ढाका तालिमको उद्घाटन्

पथरीशनिश्चरे, ५ फागुन
मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयको महिला लक्षित कार्यक्रम अन्तर्गत ५ वटा वडाका महिलाका लागि तानबाट ढाकाका कपडा बुन्ने १ महिने निःशुल्क तालिमको आज उद्घाटन् भएको छ ।
कार्यक्रमकी प्रमुख अतिथि नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले कार्यक्रमको उद्घाटन् गर्दै महिलाहरुलाई शीपयुक्त र आत्मनिर्भर बनाउने नगरको योजनामा तल्लिन भएर लाग्न सहभागिलाई अनुरोध गरेकी छन् ।
२ नम्वर वडाको बुद्ध महिला उपभोक्ता समूहद्धारा आयोजित कार्यक्रममा, १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देन, २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईं, ३ नम्वर वडाध्यक्ष डम्बर चेम्जोङ र कार्यपालिका सदस्य निर्मला गदालले मन्तव्य व्यक्त गर्दै महिला जागरणको शुभकामना व्यक्त गरेका छन् ।
वडा नम्वर १, २, ३, ५ र ७ नम्वर वडाका महिलाहरुका लागि आयोजित तालिममा दमन्ता कटुवाल र मेनुका राजवंशीले सहजिकरण गर्ने समूहकी अध्यक्ष सीता राईले जनाइन् । तालिममा नगरपालिकाको २ लाख ५० हजार रुपैयाँ बजेट बिनियोजन भएको छ । तालिम लिने आर्थिक विपन्नहरुका लागि ढाका तान समेत प्रदान गरी व्यवसायिक वनाउन सहयोग गरिने समूहकी सचिव निर्मला राईले बताइन् ।

सम्बन्धित खवर