नेपालमा मान्छे त के बाँदर पनि भोकै मर्नु पर्दैन ः प्रम ओली - JamarkoOnline

नेपालमा मान्छे त के बाँदर पनि भोकै मर्नु पर्दैन ः प्रम ओली

दमक, ४ फागुन
प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कोही पनि भोकै मर्न नपर्ने बताएका छन् ।
आज प्रधानमन्त्री ओलीले गृहनगर झापाको दमकमा विभिन्न सडकको उद्घाटन र शिलान्यासका क्रममा नेपालमा मान्छे त के बाँदर पनि भोकै नमर्ने भन्दै नेपाल गरिब देश भए पनि खान नपाएर कोही नमर्ने वताएका हुन् जनताको सरकार भएकाले मान्छे भोकै मर्ने कुरा यो देशमा सैह्य नहुने उनको भनाई छ ।
उनले देशमा अब कसै घरको फुस र खरको छानो नहुने पनि वताए । जस्ताको छानो लगाउन सरकारले सहयोग गर्ने जनाए । उनले खर फुसको छानालाई टिनका छानाले विस्तापित गर्दै टिन लगाउन नसक्नेलाई सरकारले टिन दिने जनाए ।
उनले सुकुम्बासीलाई पनि सरकारले उचित बसोबासको व्यवस्था मिलाउने समेत वताउँदै सरकारले उल्लेखनीय सफलता हाँसिल गर्दै गएको दावी गरे ।
पाँच महिनापछि गृहनगर दमक आइपुगेका प्रधानमन्त्री ओली करिब तीन घण्टा कार्यक्रममा सहभागि वनेका छन् । सो क्रममा उनले दमकको कृष्ण मन्दिरदेखि बेलडाँगीसम्मको कालोपत्रे सडक र दमकबाट मोरङको मधुमल्ला जोड्ने मावाखोलामा निर्मित पक्की पुलकोे उद्घाटन गरेका थिए ।
प्रधानमन्त्री ओलीले सङ्घीय सरकारद्वारा निर्माण गरिने सो सडक र पुलको उद्घाटन गरेका हुन् । ४ करोड १६ लाख २२ हजार १ सय ५६ रुपैयाँको लागतमा ६ दशमलव २१ किमी लम्बाइको सडक वन्ने छ । सो सडकको निर्माण श्री रोताहा आरके जेभीले गर्नेछ । त्यस्तै, दमकलाई मोरङको मधुमल्लासँग जोड्ने पुलको लम्बाई २ सय ५० मिटर रहेको छ ।
३० करोड २२ लाख ९१ हजार ७ सय ५० लागत रहेको पुल शर्मा लामा स्वच्छन्द जेभीले निर्माण गरेको हो । प्रधानमन्त्री ओलीले आज नै दमक नगरपालिका–१ मा जनता आवासमार्फत निर्माण गरिएका घरको साँचो हस्तान्तरण गरेका छन् ।

सम्बन्धित खवर