कविता.... अभाव छ उदार भावनाको - JamarkoOnline

कविता…. अभाव छ उदार भावनाको

…मनिष भारती…
यहाँ मान्छेहरुको अभाव छ
स्वच्छ पवित्र र उदार भवनाको ।
यहाँ ति मान्छेहरु को प्रसंशा बढी छ
भ्रष्ट घुसखोरी र दलालीहरुको ।।

प्रकृतिको सुन्दर संसार नेपालमा
खराव मान्छेहरुको बिगविगी बढी छ ।
विकास उन्नति र प्रगतिको सपना बुन्नेहरु भन्दा
देश डुबाउनेको लडीबडी छ
त्यसैले यहाँ मान्छेहरुको अभाव छ
स्वच्छ पवित्र र उदार भवनाको ।।

नेपाल आमा मान्छे खोजिरहेछिन्
पूर्व मेची र पश्चिम् महाकाली एउटै नेपाल बनाउन ।
तर यहाँ देश कहिले संघीयता
त कहिले संघीउता गर्दै टुक्र्याँउदैछन्
त्यसैले यहा मान्छेहरुको अभाव छ
स्वच्छ पवित्र र उदार भवनाको ।।
( पथरीशनिश्चरे, ३)

सम्बन्धित खवर