लोकसेवा कक्षा, कम्प्युटर र ढाकातान तालिम - JamarkoOnline

लोकसेवा कक्षा, कम्प्युटर र ढाकातान तालिम

पथरीशनिश्चरे, १ फागुन
मोरङको पथरीशनिश्चरे नगरपालिकाका युवाहरुका लागि २ महिने निःशुल्क लोकसेवा कक्षा र कम्प्युटर अपरेटर तालिम सुरु भएको छ ।
पर्फेक्ट मल्टिपल इन्स्टिच्यूट प्रालिको आयोजनामा आज नगर प्रमुख दिलीपकुमार राईबाट तालिमको उद्घाटन गरेका छन् । तालिमको उद्घाटन् गर्दै उनले युवाहरु हरेक तबरले प्रतिष्पर्धी हुन शुभकामना व्यक्त गरे ।
प्रति तालिमका लागि २ लाख ९० हजार रुपैयाँको नगरपालिका कार्यालयको बजेट अनुरुप कार्यक्रम अघि बढाइएको इन्स्टिच्यूटका निर्देशक युवराज चौंलागाईंले बताए । दुवै विधामा ५०,५० जना सहभागि रहेका छन् । कम्प्युटरका लागि रुद्रमणि सिटौला र रजनी तामाङले तथा लोकसेवाका लागि गिरीराज भट्टराई, एकनाथ दहाल, सरोज सुवेदी र ज्ञानेन्द्र नेपालले सहजिकरण गर्नेछन् ।
०७५ सालमा वडा नम्वर १ को पथरी बजारमा स्थापना भएको इन्स्टिच्यूटले लोकसेवा तयारी कक्षाका साथै कम्प्यूटर, अंग्रेजी भाषा, जापानीज भाषा, कोरियन भाषा, प्राइभेट एसइइ र प्लस टु, आइइएलटीएस, ट्यूशन कक्षा सञ्चालन गर्दै आएको छ । यसले सीटीइभीटीका तालिमहरु समेत सञ्चालन गरेको छ ।
नगरले आजै महिलाहरुका लागि ३ महिने निःशुल्क ढाका तान तालिम सुरु गरेको छ ।
वडा नम्वर ९ मा एक कार्यक्रमकाबीच नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले आज ढाका तान तालिमको उद्घाटन् गर्दै आयमुलक तालिम लिएर महिलाहरु स्वनिर्भर हुनुपर्ने कुरामा जोड दिइन् ।
वडास्तरीय प्रगतिशील ढाकातान तालिम समितिको आयोजनामा नगरपालिकाको २ लाख ५० हजार रुपैयाँको बजेटमा कार्यक्रम थालिएको हो ।

सम्बन्धित खवर