गजल  (प्रणय)  रचना: - तारा लाओती लिम्बू - JamarkoOnline

गजल  (प्रणय)  रचना: – तारा लाओती लिम्बू

 

गजल  (प्रणय)     रचना: – तारा लाओती लिम्बू,ठेगाना: – प.श.न.पा. १,

                                    बिशाल मार्ग/चौक 

 

 

मायाप्रेम देखाउन प्रणयदिवसको सेट नै हुनु जरूरी छैन ।

मायाप्रेम प्रष्टाउन प्रेमदिवसमा भेट नै हुनु जरूरी छैन ।।

 

साँचो प्रेम त निस्पाप दुई शुद्ध अन्तर-हृदय मिली हुने हो ।

प्रेमभाव सजाउन क्षणिक संजालमा नेट नै हुनु जरूरी छैन ।।

 

गाँढा माया त दुई निश्चल आत्माको मिलन भएर हुने हो ।

माया-स्नेह दर्शाउन कृतिम फूलैफूलको गेट नै हुनु जरूरी छैन ।।

 

अटुट माया त दुई आत्माको निर्दोष भाषा मिलेर हुने हो ।

प्रेम-स्पर्श दिलाउन नम्बरी सुनको क्रेट नै हुनु जरूरी छैन ।।

 

अमर-प्रेम त प्रेमिल जोडी निस्वार्थ निर्मल सत्य रही हुने हो ।

साँचो माया टिकाउन अमूल्य हिराको रेट नै हुनु जरूरी छैन ।।

                     vedio

 

सम्बन्धित खवर