मिक्लाजुङमा विश्वकै अग्लो सिलाम साक्मा निर्माण हुँदै - JamarkoOnline

मिक्लाजुङमा विश्वकै अग्लो सिलाम साक्मा निर्माण हुँदै

पथरीशनिश्चरे, २२ माघ
मोरङको मिक्लाजुङमा लिम्बु समुदायको पहिचानको प्रतिकका रुपमा रहेको विश्वकै अग्लो क्रंकिटको ‘सिलाम साक्मा’ निर्माण सुरु भएको छ ।
मिक्लाजुङ–४ डाङडङेमा करिब १० लाख रुपैयाँको लागतमा सिलाम साक्मा निर्माण कार्य प्रारम्भ गरिएको हो ।
सिमेण्ट, मार्वल, बालुवा र गिट्टीको समिश्रणबाट निर्माण गरिने उक्त सिलामसाक्माको ऊचाई सात फिट र गोलाई ३८ फिट रहेको निर्माण समितिका सचिव महेन्द्र थेगिमले जानकारी दिए ।
वडा कार्यालयको दुई लाख सहयोग तथा बाँकी सहयोग संकलन गरी करिब १० लाख रुपैयाँको लागतमा सो सिलामसाक्मा निर्माण कार्य सम्पन्न गरिने थेगिमले जनाए ।
। सिलामसाक्मामा सुन, चाँदी र तामाको जलप समेत राखि आल्बुनियमको राउण्डमा सात रङको बत्ती बालिने उल्लेख छ ।
सिलामसाक्मा खासगरी साँस्कृतिक कार्यक्रम, सभा तथा समारोहहरुमा मानिसहरुले लगाउने प्रचलन छ । लिम्बु समुदायको भाषा, लिपि, संस्कार र संस्कृति संरक्षणका लागि त्रि क्रियाशिल किरात याक्थुङ चुम्लुङले सिलामसाक्माको संरक्षण र सम्बद्र्धन गर्दैआएको छ ।
सिलाम साक्मा निर्माणकालागि स्थानीय समाजसेवी पुर्ण लावतीको अध्यक्षतामा निर्माण समिति गठन गरिएको छ ।

सम्बन्धित खवर