राष्ट्रियसभा सदस्यमा नेकपाका निर्वाचित - JamarkoOnline

राष्ट्रियसभा सदस्यमा नेकपाका निर्वाचित

पथरीशनिश्चरे, १० माघ
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट ३ जना सबै नेकपाका उम्मेदवार निर्वाचित भएका छन् ।
जसमा, देवेन्द्र दाहाल, इन्दिरा गौतम इन्दु र गोपी अछामी निर्वाचित भएका हुन् ।
दहाल अन्यतर्फ, गौतम महिला र अछामी दलितको तर्फबाट निर्वाचित भएका हुन् ।
दाहालले ६ हजार २ सय ३४ मतभार पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवेन्द्र घिमिरेले २ हजार ७ सय ६६ र समाजवादी पार्टीका भरतबहादुर दाहालले २ सय ६४ मतभार प्राप्त गरेका थिए । गौतमले ६ हजार ४ सय २२ मतभार पाइन् ।

अछामीले ६ हजार ३ सय ३० मतभार पाएका थिए भनें उनका प्रतिद्वन्द्वी कांग्रेसका निरबहादुर विकले २ हजार ७ सय १८ र समाजवादी पार्टीका ज्ञानबहादुर परियारले ६ सय ६४ मतभार पाएर पराजित भएका थिए ।

सम्बन्धित खवर