प्रदेश खेलकुद तालिममा पोखरेल - JamarkoOnline

प्रदेश खेलकुद तालिममा पोखरेल

विराटनगर, ८ माघ
प्रदेश १ को खेलकुद तालिम तथा प्रशिक्षक विभागको उप–निर्देशकमा विराटनगरका विमल पोखरेल नियुक्ती भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव स्तरीय निर्णयले लामो समय खेलकुदमा विताएका पोखरेल मोरङ जिल्ला खेलकुद विकास समितिका प्रशिक्षण इन्चार्ज समेत रहेका छन् ।
खेल विज्ञ र खेल कुटनितिज्ञमा समेत परिचित पोखरेल २०६० सालको राष्ट्रिय खेलकुद एकाडेमि(सान) बाट प्रशिक्षकको परीक्षामा नेपाल उत्कृष्ठ भएका थिए ।

सम्बन्धित खवर