प्रज्ञा प्रतिष्ठान र इजरायलबीच सम्झौता - JamarkoOnline

प्रज्ञा प्रतिष्ठान र इजरायलबीच सम्झौता

पथरीशनिश्चरे, ८ माघ
नेपाल प्रज्ञा प्रतिष्ठान र हिब्रु राइटर्स एसोसिएसन इजरायलबीच दुई पक्षीय सम्झौता पत्रमा आज हस्ताक्षर सम्पन्न भएको छ ।
इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यको संयोजनमा हिब्रु राइटर्स एसोसिएसनका पदाधिकारीहरू, इजरायल सरकारका संस्कृति विभाग प्रमुख, नेपालका लागि पूर्व इजरायली राजदूत तथा विभिन्न कूटनीतिक नियोगका व्यक्तित्वहरूको उपस्थिती रहेको थियो । नेपालका तर्फबाट प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र हिब्रु राइटर्स एसोसिएसनका तर्फबाट भाइस प्रेसिडेन्ट अलमौनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । साहित्यिक, सांस्कृतिक एवं भाषिक अध्ययन, अनुसन्धान र कृतिगत अनुवादको आदानप्रदानसँग सम्बन्धित द्विपक्षीय सम्झौता रहेको कार्यक्रममा सहभागि प्राज्ञ डा. देवी नेपालले जनाए ।

सम्बन्धित खवर