प्रदेश १ मा ४ राज्यमन्त्री नियुक्त - JamarkoOnline

प्रदेश १ मा ४ राज्यमन्त्री नियुक्त

 

पथरीशनिश्चरे, ५ माघ
प्रदेश सरकार गठन भएको २३ महिनापछि १ नम्वर प्रदेश सरकारले आज ४ जना राज्यमन्त्री नियुक्त गरेको छ ।
प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेशसभाका सदस्यहरुलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनीहरुलाई प्रदेशका मुख्यमन्त्री शेरधन राईले सपथ खुवाएका छन् ।
भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा अम्बिरबाबु गुरुङ, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा विजयकुमार विश्वास नियुक्त भएका हुन् ।
२०७४ साल फागुन ३ गते मन्त्रिपरिषद् गठन भएको थियो । ७ वटा मन्त्रालयमा २ मन्त्रालय नेतृत्वविहीन छ । कृषि, भूमि व्यवस्था तथा सहकारी र भौतिक पूर्वाधार विकास मन्त्रालय नेतृत्वविहीन छ । जसको नेतृत्व मुख्य मन्त्रीले सम्मालेका छन् । तर आज दोस्रोपटक विस्तारित मन्त्रिपरिषद्मा सो मन्त्रालयको नेतृत्वलाई मूख्यमन्त्री राईले नियुक्ति गरेका छैन । गुरुङ ओखलढुङ्गा निर्वाचन क्षेत्र नम्बर निर्वाचन क्षेत्र नम्बर १ (१) बाट १८ हजार ९ सय ८ मत ल्याएर एमालेबाट निर्वा्चित भएका थिए । विश्वास नेकपा(माओवादी केन्द्र)बाट मोरङ निर्वाचन क्षेत्र नम्बर ४ (१)बाट १८ हजार २ सय ८९ मत पाएर निर्वा्चित भएर सांसद भएका थिए । राना भने इलाम निर्वाचन क्षेत्र नम्बर २(१)बाट निर्वा्चित भएका हुन् । उनले एमालेबाट १९ हजार ८ सय ३८ मत ल्याएर निर्वा्चित भएका हुन् । झापाकी गजमेर भने एमालेबाट समानुपातिक सांसद हुन् ।

सम्बन्धित खवर