यू यूथ अफ उर्लाबारीबाट मञ्जुललाई सम्मान - JamarkoOnline

यू यूथ अफ उर्लाबारीबाट मञ्जुललाई सम्मान

 

यू यूथ अफ उर्लाबारीबाट मञ्जुललाई सम्मा
उर्लाबारी, ३ माघ
देशविदेशमा आफ्नो शिल्पमार्फत योगदान पुर्याइसकेका उर्लाबारीका मूर्तिकार मञ्जुल मितेरीलाई आज एक समारोहकाबीच गृह नगरमा सम्मान ग्िरएको छ ।
यू यूथ अफ उर्लाबारीले मूर्तिकार मितेरीलाई सम्मानपत्रले सम्मान गरिएको हो ।
सानै उमेरदेखि ढुंगामा कला भर्न सिपालु मञ्जुलको अगुवाइमा हाल जापानमा ढुङ्गाको विश्वकै ठूलो मूर्ति निर्माण भएको छ । उनी मुलुककै सिद्धहस्त मुर्तिकारका रुपमा परिचित छन् । उनलाई उर्लाबारीका उत्साही यूवा समुहले विशिष्ट व्यक्तिहरुको उपस्थितिमा सम्मान गर्दै मञ्जुलका व्यक्तित्व र कृतित्वको चर्चा गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि उर्लाबारी ६ का वडाध्यक्ष चिन्तामणि पौडेलले रहरका लागि मात्र मुर्ति कुँदने मञ्जुललाई व्यवसायिक बनाउन आफुले अभिप्रेरित गरेको स्मरण गरे ।
यस्तै, समाजसेवी जयधर्म आचार्यले स्थानीय तह र अरु निकायले वेवास्ता गरेकै कारण मञ्जुलले एक हजार मुर्ति राज्यलाई प्रदान गर्ने घोषणा अलपत्र परेको बताए ।योजना बनाएरै मञ्जुलका मुर्तिहरुको संरक्षण गर्न सके उर्लाबारीको नाम देशविदेशमा चम्कने आचार्यको भनाई थियो । अर्का वक्ता समाजसेवी पूर्ण वाइवाले कुनै सम्मान पुरस्कारभन्दा मुर्तिकारको वास्तविक मर्मलाई सम्बोधन गर्ने योजना बनाउन स्थाननीय तहलाई आग्रह गरे । उनले मञ्जुलको विगत सम्झदै आफ्नोतर्फबाट अल्पकालिन नै भएपनि मञ्जुल संग्रहालय सञ्चालनमा ल्याएको उल्लेख गरे। सम्मानित व्यक्तित्व मञ्जुलले भावुक हुँदै आफुलाई उर्लाबारीवासी र यहाँका संघसंस्थाले ठुलै गुन लगाएको बताए। एक हजार मुर्ति राष्टलाई प्रदान गर्ने आफ्नो सपना चाडै साकार हुनेपनि उहाँले प्रतिवद्धता जनाए ।
मुलुकका धेरै स्थानमा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वका मुर्ति तथा प्रतिमा बनाइसकेका मञ्जुलले सात समुन्द्रपार जापानसम्म पुगेर प्रतिमा निर्माण गरी प्रशंसा बटुलिसकेका छन् ।

सम्बन्धित खवर