शिव परियार अमेरिकी सरकारबाट सम्मानित - JamarkoOnline

शिव परियार अमेरिकी सरकारबाट सम्मानित

पथरीशनिश्चरे, २९ पुस
लोकप्रीय नेपाली गायक शिव परियार अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी काउन्सिलद्वारा स्थापित ‘ह्याम्लेट म्यानजुएटा अवार्ड ईन आर्ट्स’ नामक सरकारी सम्मानबाट सम्मानित भएका छन् ।
गायक परियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानित हुने संभवत पहिलो नेपाली कलाकार हुन् । जर्सी सिटी काउन्सिल प्रेसिडेण्ट जोएस वाटरम्यानको अगुवाईमा पुरस्कार प्रदान भएको थियो । वाटरम्यानका साथै जर्सी्सिटीकी प्रतिनिधि क्याथरिन तान्जे, जर्सी सिटी शहरको मेयरकी सल्लाहकार डा. विष्णुमायापरियार, जर्सी सिटी डेमोक्रेटिक पार्टीकी निर्वा्चित सदस्य रेणु शर्मा सापकोटा र एनआरएन न्यू जर्सीच्याप्टर प्रेसिडेण्ट समिर बुढाथोकीले संयुक्तरूपमा पुरस्कार प्रदान गरेका थिए । जर्सी सिटी शहरमा जनवरी १२ मा न्यू जर्सी राज्यका नेपालीहरुको संयुक्त आयोजनामा आमन्त्रित गरिएका परियारले साँगितिक एवं सम्मान साँझमा आफ्ना सुमधुर गीतहरू प्रस्तुत गरेका थिए ।
आधुनिक गीत र गजल गायनमा ख्याति कमाएकार गायक परियारले आफ्नो २६ वर्षको सांगितिक यात्रामा ५ सय भन्दा बढी गीत गाइसकेकाछन् भने आफ्ना १० वटा गिती एल्वममा स्वर र संगीत भरेका छन् ।

सम्बन्धित खवर