घुस सहित बेलबारी नापीका कर्मचारी पक्राउ - JamarkoOnline

घुस सहित बेलबारी नापीका कर्मचारी पक्राउ

पथरीशनिश्चरे, २८ पुस
मोरङको बेलवारी नापी शाखा कार्यालयका एक कर्मचारी ७ हजार घुस रकम लिदै गर्दा आज दिउँसो पक्राउ परेका छन् । बेलबारी १० भाउनेमा जग्गा नापी गर्न गएका अमिन दिनेशकुमार साहले घुस रकम लिदैगर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेको थियो ।
पदमबहादुर श्रेष्ठको जग्गा नापी गरी सिमाङ्कन गर्न आएका साह नरबहादुर तामाङसँग घूस रकम लिँदै गर्दा पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका निमित्त कार्यालय प्रमुख ज्ञानेन्द्र ढकालले जनाए ।

सम्बन्धित खवर