विनोदको ‘यो खुशी’ सार्वजनिक... करण र नग्माको भूमिका - JamarkoOnline

विनोदको ‘यो खुशी’ सार्वजनिक… करण र नग्माको भूमिका

पथरीशनिश्चरे, २८ पुस
गायक विनोद राईको ‘यो खुशी …’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
सो गीतको संगीत देव गुरुङ, रचना युगल लङ्फुङ्वा र एरेन्ज सचिन सिंहको रहेको छ भने रेकर्डिङ÷मिक्सिङ मित्र लामाले गरेका हुन् । मोफसलको रमणीयस्थल मोरङको पथरीशनिश्चरे आसपासमा खिचिएको भिडियोमा करण धिताल र नग्मा श्रेष्ठले अभिनय गरेका छन् ।
जिन्दगी जिउने क्रममा हुने उतार चढावलाई भिडियोमा प्रष्टसंग उतारेका छन् निर्देशक सन्तोष राईले । जमर्काे इन्टरटेनमेन्टको युट्युव च्यानल मार्फत् सार्वजनिक गरिएको सो गीतको भिडियोलाई देवराज सिग्देलले खिचेका हुन् भने सम्पादन डिनसन साहले गरेका हुन् ।

सम्बन्धित खवर