चाक्चाचुर येले दोङको शुभकामना - JamarkoOnline

चाक्चाचुर येले दोङको शुभकामना

पथरीशनिश्चरे, २८ पुस
मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले चाक्चाचुर येले दोङ ५०८० को शुभकामना व्यक्त गर्दै जातीय साँस्कृतिक सद्भावले नगरको विकास हुने बताएकी छन् ।
नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघले पथरी शनिश्चरे ४ मा आज आयोजना गरेको चाक्चाचुर येले दोङ पर्वको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वास्तोलाले सो कुरा बताएकी हुन् । उनले सवै जातीय संस्कृति उत्थानका लागि नगरले सधैं सहयोग पुर्याउने पनि जनाइन् ।
सो अवसरमा, उपप्रमुख वास्तोलालाई कुलुङ जातीको मौलिक पहिरन र सम्मानपत्रले सम्मानित समेत गरिएको छ । वडाध्यक्ष गोविन्दवहादुर भण्डारी, डम्बर चेम्जोङ, बाबुराम दहाल सहितका जनप्रतिनिधिलाई पनि मौलिक टोपी लगाएर सम्मानित गरिएको छ ।
खड्ग कुलुङको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा, हण्डिफोर, म्यूजिकल चियर्स प्रतियोगिताका साथै विभिन्न जातीय साँस्कृतिक नृत्य र गीत प्रस्तुत भएका थिए । उनीहरुलाई पनि प्रशंसापत्र प्रदान गरिएको छ ।

सम्बन्धित खवर