पथरी जेसीजमा सन्तोष ढुंगेल - JamarkoOnline

पथरी जेसीजमा सन्तोष ढुंगेल

पथरीशनिश्चरे, २८ पुस
मोरङको पथरीशनिश्चरेस्थित पथरी जेसीजको अध्यक्षमा सन्तोष ढुङ्गेल निर्वाचित भएका छन् ।
शाखाको सातौ साधारण सभाबाट ढुङ्गेल सहितको नयाँ समिति सर्वसहमत रुपमा निर्वाचित भएको हो । पथरी जेसिजको २०१७ मा महासचिव, २०१९ मा कोषाध्क्षय रहेका ढुंगेल सफल युवा व्यवसायी समेत हुन् ।
शाखाको कार्यकारी उपाध्यक्षमा अनिता राई र ईश्वरी सापकोटा, उपाध्यक्षमा निरोज बस्नेत, राजकुमार विश्वकर्मा, लक्ष्मी भट्टराई गिरी र भूवन थापा निर्वाचित भएको निवर्तमान अध्यक्ष मानवहादुर दियालीले जानकारी गराए । पथरी जेसीज भर्खरै नेपाल जेसीजको सन् २०२० का लागि राष्ट्यि अध्यक्ष निर्वाचित गरेको शाखा हो । जुन शाखाका संस्थापक अध्यक्ष अशोक शंकर राष्ट्यि अध्यक्ष बनेका छन् ।

सम्बन्धित खवर