समस्या समाधान गर्न अल्टिमेटम - JamarkoOnline

समस्या समाधान गर्न अल्टिमेटम

पथरीशनिश्चरे, २७ पुस
मोरङको पथरीशनिश्चरेस्थित सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समितिले ६ महिना भित्र समस्या समाधान गर्न सरकारलाई अल्टिमेटम दिएको छ ।

मौसम लिम्बुको नेतृत्व रहेको संघर्ष समितिले हिजो पथरीको जाँते मोडमाा खबदारी सभा तथा कार्यक्रम घोषणा गर्दै प्रदेश १ सरकारले ६ महिना भित्र समस्या समाधान गर्नुपर्ने अल्टिमेटम सहितको माग प्रस्तुत भएको छ ।
राष्ट्रपति, भूमिसुधार मन्त्रालयमा ज्ञापनपत्र बुझाउने लगायत १४ बुँदे घोषणा पत्र सार्वजनिक गरेका छन् । समितिलाई सक्रिय बनाएर भूमाफियालाई गाउँ पस्न प्रतिवन्द गर्ने पनि निर्णय गरिएको छ ।
जोत भोगको आधारमा जग्गा पाउनुपर्ने, जग्गा दिदा रकम लिन नहुने र जग्गा दिन्छु भन्दै विगतमा लिइएको रकम फिर्ता गर्नुपर्ने घोषणामा उल्लेख छ । घोषणा सभामा मंगोल नेशनल अर्गनाइजेसन (एमएनओ)को केन्द्रीय सद्स्य, प्रदेश १ को संयोजक शक्ति राई, नेपाली कांग्रेस क्षेत्रीय सचिव राजु लामा, समाजवादी फोरमको परसुराम लिम्बू, संघीय लिम्बुवान मञ्चका उदय मादेन लगायतले विचार राखेका थिए ।
उता, नगरपालिका प्रमुख दिलीपकुमार राईको संयोजकत्वमा कानेपोखरी गाउँपालिका सहितको टोलीले संघीय सरकारसँग बसोबासको समस्या समाधानका लागि ध्यानाकर्षण गर्न काठमाडौं डेलिगेशन् गरेको छ ।

सम्बन्धित खवर