प्रभातबाट एक लाख भन्दा बढी आर्थिक सहयोग - JamarkoOnline

प्रभातबाट एक लाख भन्दा बढी आर्थिक सहयोग

पथरीशनिश्चरे, २५ पुस
मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ स्थित सोमबारेमा स्थापना भई सृजनात्मक गतिविधिकासाथ सामाजिक सेवामा सक्रिय प्रभात सामुदायिक युवा क्लबले आर्थिक विपन्न विरामीहरुको उपचारमा सहयोग पुर्याउँदै आएको छ ।
उपचारमा सहयोग पुर्याइदिन आउने विरामीहरुका लागि दाताहरुबाट आर्थिक सहयोग संकलन गरेर उपचारमा सघाउने अर्काे उदाहरणीय सामाजिक काममा पनि क्लब सक्रिय रहेको छ । यस क्रममा हालसम्म १ लाख बढी रुपैयाँ संकलन गरी ३ जना विरामीलाई सहयोग प्रदान गरिसकेको क्लब अध्यक्ष नवीनजंग कार्काीले जनाए ।
आर्थिक अभाबमा अस्पतालबाट फर्किएका मृगौला पीडित कमल गुरुङलाई ७५ हजार रकम उपलब्ध गराएको छ । पाठेघरको क्यान्सर भइ नेपाल क्यान्सर अस्पताल ललितपुरमा उपचाररत मेनुका बुढाथोकीलाई २१ हजार र कलेजो पीडित मुन्द्रे माझिलाई १३ हजार ५ सय रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको कार्कीले वताए ।

८ नम्बर वडाका आगलागीबाट पीडित कैलास गुप्तालाई पनि क्लबले नगद २० हजार रुपैया हस्तान्तरण गरेको थियो ।

सम्बन्धित खवर