प्याब्सनबाट विद्यार्थिलाई न्यानो कपडा - JamarkoOnline

प्याब्सनबाट विद्यार्थिलाई न्यानो कपडा

पथरीशनिश्चरे, २५ पुस
२९ औं प्याब्सन दिवशका अवसरमा मोरङको पथरीशनिश्चरे ५ स्थित जनता आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई स्वेटर र स्टेशनरी सामग्री वितरण भएको छ ।
नीजि तथा आवासीय विद्यालयहरुको संगठन (प्याब्सन) नगरकमिटी पथरीशनिश्चरेले सो विद्यालयका २५ जना विद्यार्थीका लागि स्वेटर, कापी र डटपेन वितरण गरेको हो ।
५ नम्वर वडाध्यक्ष जोगबहादुर धिमाल, पथरीशनिश्चरे नगरका शिक्षा प्रमुख शालिग्राम काफ्ले, प्याब्सनका प्रदेश सदस्य नोवलकिशोर खनाल, मोरङ सल्लाहकार टीकाप्रसाद दंगाल, नगर अध्यक्ष उपेन्द्र कँडेल, सो विद्यालय प्रधानाध्यापक बलबहादुर धिमालको उपस्थिती रहेको थियो ।
उता, नगरको ८ नम्वर वडा कार्यालयले विपत व्यवस्थापनको ५० हजार बजेटबाट तत्कालका लागि वडामा रहेका ३ वटा सामुदायिक विद्यालयका आर्थिक विपन्न ६० जना विद्यार्थीहरुलाई न्यानो कपडा स्वेटर वितरण गरेको छ । वडाको बुद्ध माध्यमिक विद्यालय, दुर्गा आधारभूत र मिलन आधारभूत विद्यालयका आर्थिक अवस्था न्यून भएका विपन्न बालबालिकालाई स्वीटर वितरण गरिएको वडाध्यक्ष बाबुराम दाहालले बताए ।

सम्बन्धित खवर