सुनको उच्च भाउ, तोलाको ७६ हजार ५ सय - JamarkoOnline

सुनको उच्च भाउ, तोलाको ७६ हजार ५ सय

काठमाण्डौ, २३ पुस
सुन तोलामा एक हजार रुपैयाँ बढेर तोलाको ७६ हजार ५ सय रुपैयाँ पुगी फेरि नयाँ रेकर्ड बनाएको छ ।
आजको सो मुल्य अहिलेसम्मकै उच्च रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो तोलामा ५ सय रुपैयाँ घटेको सुनको भाउ आज तोलामा एक हजार रुपैयाँ बढेको हो ।
सुनको भाउ लगातार बढेपछि कारोबार ठप्प जस्तै भएको भन्दै व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । लगनको समय आउँने बेलामा भाउ अकासिएपछि सुनको कारोबार ठप्प जस्तै भएको उनीहरुले बताएका छन् ।
उता, चाँदी पनि आज तोलामा २० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित खवर