अष्ट्रेलिया आगलागीमा कोआलाको बच्चाको हृदयविधारक माया - JamarkoOnline

अष्ट्रेलिया आगलागीमा कोआलाको बच्चाको हृदयविधारक माया

एजेन्सी, २३ पुस
अष्ट्रेलियामा फैलिएको आगोका कारण घाइते भएका जनावरहरु मानिसहरुको सहारामा आएका दृष्यहरुले संसारका मानिसहरुको मन छोइरहेको छ ।
मान्छेलाई आफ्नो सहारा मानेर खुट्टामा झुण्डिने, झुम्मिने गरेका दृष्यहरु संसारले हेरिरहेको छ । करिब ५० करोड जनावरले ज्यान गुमाएका छन् भने लाखौँ घाइते भए । आगोमा परेका लाखौँ जीव जन्तुलाई उद्धार गरिएको छ भने घाइते जनावरको उपचार पनि गरिएको छ । यसै क्रममा एक घाइते कोआला (अष्ट्रेलियामा पाइने जनावर) र उसको बच्चाको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । तस्वीरमा कोआलाको बच्चाले आफ्नी आमाको उपचारको पूरै समय आमासँगै टाँसिएको देखिएको छ । जू वाइल्डलाइफ नामक जनावरको अस्पतालमा डाक्टरले बच्चालाई आमासँग अलग बचाउने धेरै प्रयास गरेपनि बच्चाले आमालाई एकछिन छोड्न मानेन् । अस्ष्ट्रेलियाको जीव संरक्षणले ती आमाको नाम लिजी र बच्चाको नाम फेन्टम राखेको छ । सबैभन्दा बढी प्रेम बच्चाको आमासँग र आमाको बच्चासँग हुने गर्दछ । यही हो मासँग बच्चाको प्रेम भन्दै कयौँ अन्तर्रा्ष्ट्रिय मिडियाले समाचार बनाएका छन् ।
दुई हप्ता पहिले अष्ट्रेलियामा फैलिएको आगोबाट जलेको अवस्थामा बच्न कोआला भाग्दै गर्दा सडकमा कारसँग ठोक्किएको थियो । तर आफु केही जलेपनि उसले आफ्नो बच्चालाई केही हुन दिएन् । जू वाइल्डलाइफ अस्पतालमा उपचारका लागि पुर्याइएको थियो । कोआलाको फोक्सोमा संक्रमण र अनुहारमा चोट लागेकाले उसको शल्यक्रिया गर्नुपरेको अस्पतालका चिकित्सले वताए ।
अष्ट्रेलियाको जंगलमा लागेको आगो रोक्न तथा पानी परोस् भन्नका लागि मुस्लिम समुदाय र क्रिश्चियन समुदायका मानिसहरु भेला भई संयुक्त रुपमा प्रार्थना गरेका थिए । देशमा आगलागी नियन्त्रण बाहिर गएपछि मानिसहरुले भगवानसँग वर्षाको लागि प्रार्थना गर्न थालेको डेलीमेलले जनाएको छ । सामान्य वर्षा भएपनि आगो रोकिएको छैन । हेलिकोप्टरबाट र दमकलबाट आगो निभाउने प्रयास जारी छ । उद्धार कार्य जारी रहेपनि आगो नियन्त्रणमा आउँन सकेको छैन् । बढी तापक्रमका कारण फैलिएको आगलागीका कारण त्यहाँको जनजीवन संकटग्रस्त रहेको छ । आगलागीबाट २५ जनाभन्दा बढीको मृत्यु भइसकेको छ । १५ सयभन्दा धेरै घर जलेका छन् भने करोडौं एकड जमिन ध्वस्त भएको छ। आगलागीबाट अहिलेसम्म ५० करोड जनावर जलेर मरेका छन् । राज्यको सबै शक्ति लगाउँदा समेत आगो नियन्त्रण हुन नसकेको हो । न्यू साउथ वेल्समा मात्रै करिब १० करोड एक जमिन आगोले जलेको छ । हावा सँगै धुवाको मुस्लोले अन्यभागमा समेत आगो सल्किरहेको छ ।

सम्बन्धित खवर