चुलाचुलीमा १८ साहित्यकारको प्रस्तुति - JamarkoOnline

चुलाचुलीमा १८ साहित्यकारको प्रस्तुति

पथरीशनिश्चरे, २१ पुस
दक्षिणी इलामको चुलाचुलीमा आज प्रदेश नम्वर १ का प्रतिनिधिमुलक १८ जना साहित्यकारको रचना प्रस्तुति हुने भएको छ ।
चुलाचुली २ स्थित जनता माविको स्वर्ण महोत्सवका अवसरमा सर्जकहरु देवान किराती, मुनाराज शेर्मा, भूपेन्द्र तिम्सिना, टीका आत्रेय, रोहित पराई, अभागी थेगुवा, तीला लेकाली, विष्णु न्यौपानेले रचना वाचन गर्नेछन् । साथै एकु घिमिरे, कृष्ण उदासी, राजकुमार सुब्बा अनिश्चित, विराट किराती, डिल्लीराम परदेशी, गगन लिम्बू, रीता पोखरेल, कमल मिश्र, मौसम साम्पाङ र दिनेश साम्पाङको प्रस्तुति रहने कार्यक्रम संयोजकमध्येका गजलकार विवशवलिभद्र कोइरालाले जनाए ।
अन्तरमावि स्तरीय एकल नृत्य प्रतियोगिता समेत हुने कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डाक्टर देवी नेपाल प्रमुख अतिथिका रुपमा सहभागि हुनेछन् ।

सम्बन्धित खवर