कति याद गर्छौ मलाई ,-गीत........ - JamarkoOnline

कति याद गर्छौ मलाई ,-गीत……..

गीत

// राजेन्द्र रिजाल,

पथरीशनिश्चरे २, बुद्ध चोक

कति याद गर्छौ मलाई,आफुलाई नै भुल्ने गरि |
म बगैचा हु तिम्रो तिमि, यो मनमा डुल्ने चरि |
कति याद गर्छौ……

त्यो पल कहा भुल्न सक्छु र म, तिम्रो काखमा निदायेको
मिठा मिठा कुरा गर्दै, घन्टौ घन्टा बितायेको
एक्लो महसुस गर्छौ होला ,नहुदा म तिम्रो वरिपरि
कति याद गर्छौ……….

दियो बालेर कुर्छौ होला, निभेर जादा निदाउलि
सयौ पल्ट कोल्टे फेर्दै, हरेक रात बिताउलि
झर्लान आशु ति आखा बाट ,बनेर् साउने झरि
कति याद गर्छौ…..

 

सम्बन्धित खवर