समय बदलिएपनि मदनको विचार सान्दर्भिक ः परराष्ट्मन्त्री ज्ञवाली - JamarkoOnline

समय बदलिएपनि मदनको विचार सान्दर्भिक ः परराष्ट्मन्त्री ज्ञवाली

उर्लावारी, १८ पुस
संघीय सरकारका परराष्ट्मन्त्री प्रदीप ज्ञवालीले समय धेरै बदलिएपनि मदन भण्डारीको विपन्न जनता र राष्ट्को समृद्धिको विचार सान्दर्भिक रहिरहेको बताएका छन् ।
ज्ञवालीले आज मोरङको उर्लावारीमा रहेको मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको १९ औं वार्षिक साधारणसभामा बोल्दै शान्ति र समृद्धिको बाटो सधैं सान्दर्भिक समेत हुने प्रसंग सहित सो कुरा बताएका हुन् ।
प्रमुख अतिथिका रुपमा रहेका मन्त्री ज्ञवालीले दुरदर्शी चिन्तक मदन भण्डारीकै विचारमा रहेर गणतान्त्रिक मुलुकको संघीयता, संविधान सहितका समृद्धिका योजना अघि बढेको स्मरण गरेका छन् । उनले लामो समयदेखि बेथितीमा रहेको नेपालमा पछिल्लो २२ महिनामा संघीयता र संविधान कार्यान्वयन तथा वाह्य देशहरुसँगको सम्वन्धमा सुधार आइ दक्षिण एशियाको उदाउँदो अर्थतन्त्रको देशका रुपमा पुगेको चर्चा गरेका छन् ।
उनले विभिन्न दल, पेशा, वर्ग सहितका अगुवाहरुलाई इमान्दारिताका साथ काम गर्न सुझाव दिँदै अवको १० वर्षमा मुलुकले विकासमा कोल्टे फेर्ने योजना सहित सरकार लागेको दावी गरे । उनले करले विदेश रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गरेर स्वदेशमै रोजगारी सृजना गर्ने जग बसाल्दै गरेको पनि वताए ।
कार्यक्रममा, प्रदेश नम्वर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, राष्ट्यि योजना आयोगकी सदस्य उषा झा, प्रतिष्ठानका अध्यक्ष गुरु बराल सहितले बोलेका थिए । सो अवसरमा, विद्यालय सुधार कार्यक्रममा योगदान पुर्याउने, उद्यमी महिला तथा प्रतिष्ठानका विद्यार्थी र कर्मचारीलाई सम्मान समेत प्रदान गरिएको छ । मन्त्री ज्ञवालीले मदन भण्डारीको स्मृतिमा त्यहाँ स्थापना गरिएको संग्रहालयको अभिरुचीपूर्वक अवलोकन गरेका छन् ।

सम्बन्धित खवर