देव गुरुङको बिकम बारुलौं सार्वजानिक: भिडियोमा नग्मा र बादलले अभीनय गरेका छन( भिडियो) - JamarkoOnline

देव गुरुङको बिकम बारुलौं सार्वजानिक: भिडियोमा नग्मा र बादलले अभीनय गरेका छन( भिडियो)

गायक तथा संगीतकारमा सक्रिय देव गुरुङको चर्चित गीत ‘बिकम बारुलौं…’ को रिमेक भर्सनकोे म्यूजिक भिडियो सार्वजानिक गरिएको छ ।जमर्काे इन्टरटेनमेन्टको युट्युव च्यानलबाट सो गीत सार्वजानिक गरिएको हो । म्यूजिक भिडियोमा मोडलद्वय बादल श्रेष्ठ र नग्मा श्रेष्ठले अभिनय गरेका छन् । मोरङको जाँते र मिक्लाजुङमा छायांकन गरिएको सो भिडियोमा कोरस राखनेर शिव श्रेष्ठले कोरिग्राफी गरेका हुन् ।

गीतको रचना÷संगीत÷गायन देव गुरुङले सम्हालेका छन् । चन्दु गोर्खालीको संगीत संयोजन रहेको छ । सन्तोष राईको निर्देशन रहेको यस गीतलाई आर.बी. स्टुडियो काठमाडौं र काब्य स्टुडियो दमकमा रेकर्ड गरिएको हो ।

गाउँले परिवेशको यस म्यूजिक भिडियोमा देवराज सिग्देलको छायांकन, महेश सिग्देलको मेकअप र दिनसन साहको सम्पादन रहेको छ ।

यस गीतलाई म्यूजिक भिडियो र चलचित्र निर्माणमा सक्रिय रहँदै आएको क्रेजी इन्टरटेमेन्टले निर्माण गरेको हो ।

पुर्बेली सुपरहिट लोकभाका बिकम बारुलौ  (Vedio)

Vedio

Vedio

सम्बन्धित खवर