अशोक शंकर जेसीजको राष्ट्रिय अध्यक्षमा निर्वाचित - JamarkoOnline

अशोक शंकर जेसीजको राष्ट्रिय अध्यक्षमा निर्वाचित

 

अशोक शंकर जेसीजको राष्ट्रिय अध्यक्षमा निर्वाचित
पथरीशनिश्चरे, पुस १२
नेपाल जेसीज बर्ष २०२० को राष्ट्रिय अध्यक्षमा मोरङ्ग पथरीशनिश्चरेका अशोक शंकर विजयी बनेका छन् ।
चितवनको रत्ननगरमा हिजो सम्पन्न ४६ औ चुनावी राष्ट्रिय महाअधिवेशन मार्फत शंकर विजयी बनेका हुन । पथरी जेसीजका सस्थापक अध्यक्ष रहेका कुशल युवा व्यवसायी शंकरले २ प्रतिद्वन्दीलाई पछि पर्दै नेपाल जेसीजको बर्ष २०२० का लागि राष्ट्रिय अध्यक्षमा निर्वाचित बनेका छन् ।

महाअधिवेशनमा शंकरले चितवनको बीस हजार जेसीजका अरुणेश्वर खनाल र काभ्रे जेसीजका विकास मानन्धरलाई पराजित गर्दै जित हात पारे । जम्मा १ हजार ५ सय ६५ मतदाताले गरेको मतदानबाट शंकरले ५ सय ५१ मत प्राप्त गरेका छन भने पराजित विकास मानन्धरले ४८७ र अरुणेश्वर खनालले ५२७ मत प्राप्त गरेका थिए ।

युवाहरुलाइ उद्यमशील बनाउने लक्ष लिएका शंकरलाई जिताउन पूर्वी क्षेत्रको एरिया क बाट विशेष अभियान संचालन गरिएको थियोे । पथरीशनिश्चरेका दल, संघ सस्था, सामाजिक अगुवाहरु सम्मिलित समितिले अभियान चलाएको थियो । त्यसमा जनप्रतिनिधिले समेत साथ दिएका थिए ।

सम्बन्धित खवर