भ्रमण वर्षमा शान्तिभूल्के सिमसार प्रवद्र्धनको योजना - JamarkoOnline

भ्रमण वर्षमा शान्तिभूल्के सिमसार प्रवद्र्धनको योजना

पथरीशनिश्चरे, ८ पुस
मोरङको पथरी शनिश्चरे नगरपालिकाको योजना अनुगमन् समितिले आज नगरकै आकर्षक पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको शान्तिभूल्के सिमसार क्षेत्रको प्रवद्र्धनमा जोड दिँदै अन्य योजनाहरु समेत अनुगमन् गरेको छ ।
नगर उपप्रमुख एवम् अनुगमन समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा प्राविधिक सहितको टोलीले टोलीले, प्रदेश सरकारको ३० लाख रुपैयाँबाट वडा नम्वर १ स्थित शान्तिभूल्के सिमसार क्षेत्रको प्रवद्र्धन गर्न पूर्व योजना अनुगमन् गरिएको छ । उनले प्रदेशका प्राविधिक टोलीसँगको अवलोकन अनुगमन्का क्रममा प्रदेशको कार्यक्रममा नगरले समेत सहयोगमा सुरुको प्रचारात्मक कार्यक्रम तय गर्न सिमसार समितिलाई अनुरोध गरेकी छन् । पथरी बजार उत्तरपूर्वमा रहेको शान्ति सामुदायिक वन अन्तर्गतको सिमसारको प्रवद्र्धनमा गुरुयोजना बनेको र भ्रमणवर्षको प्रचारात्मक कार्यक्रम तय गर्न सकिने समिति अध्यक्ष कुलबहादुर गुरुङले जनाए ।
टोलीले, वडा नम्वर ४ स्थित भागिरथ माद्यामिक विद्यालयको कृषि प्रयोगशालास्थलको अनुगमन् गरेको छ । नगरपालिका कार्यालयको आर्थिक सहयोगमा निर्माण भएको कृषि प्रयोगशालास्थलको अनुगमन् गरेको हो । अनुगमन्पछि टोलीले निर्माण पक्षमा केही सुधार गर्नुपर्ने सुझाव समेत दिएको समिति संयोजक वास्तोलाले जनाउनु भयो । त्यहाँ नगरको सहयोगमा निर्मित शौचालयको पनि अनुगमन् भएको छ ।
सो विद्यालयमा सरकारको सीटीइभीटी अन्तर्गत कृषितर्फको आइएसएजी विषयका लागि स्वीकृती प्राप्त भएपछि अवको शैक्षिकशत्रबाट पढाई सुरु हुने भएको छ । प्रयोगशाला निर्माण र प्रयोगशलाका सामग्री खरिदका लागि नगरपालिका कार्यालयले १० लाख रुपैयाँ प्रदान गरेको छ । जसमा, विद्यालय समेतको आर्थिक व्यवस्थापनमा साढे ३ लाख रुपैयाँ बराबरका प्रयोगशालाका सामान समेत खरिद भएको छ ।
यसका साथै ८ नम्वरमा रहेको बुद्धमाविको जीर्ण वन्दै गएको भवनको अवस्थाको समेत अवलोकन गरेको छ ।

सम्बन्धित खवर