शेयर बेचेर राष्ट्रिय आविष्कार केन्द्रले किन रकम संचालन नगर्ने भन्ने सल्लाह दिने साथीहरु लाई स्पष्टीकरण,डा.महाविर पुन , - JamarkoOnline

शेयर बेचेर राष्ट्रिय आविष्कार केन्द्रले किन रकम संचालन नगर्ने भन्ने सल्लाह दिने साथीहरु लाई स्पष्टीकरण,डा.महाविर पुन ,

डा.महाविर पुन लेख्नु हुन्छ,

शेयर बेचेर राष्ट्रिय आविष्कार केन्द्रले किन रकम संचालन नगर्ने भन्ने सल्लाह दिने साथीहरु लाई स्पष्टीकरण निम्न अनुसार छन्.

१.पहिलो कुरा यो केन्द्र मुनाफा बितरण गर्न नसकिने नपाइने संस्था भएकोले अर्थात पब्लिक वा प्रा.लि नभएको हुनाले कानुन अनुसार यसको नाममा शेयर बेच्न मिल्दैन. यो संस्थामा कसैको शेयर भन्ने हुँदैन र यो कुनै ब्यापारी समुहको निजी सम्पत्ति होइन. यो राष्ट्र कै सम्पत्ति हो र सम्पूर्ण नेपालीहरुको साझा सम्पत्ति हो.

२. दोश्रो कुरा एक छिन लाई मानौं कानुन अनुसार शेयर बेच्न मिल्ने नै भएको भए तापनि यस केन्द्रले अनुसंधान तथा बिकासको काम गर्न भनेर शेयर बेच्नु हुँदैन अथवा जनतालाई झुटो आश्वासन दिएर हामीले शेयर बेच्नु हुँदैन. किन भने अनुसन्धान तथा विकास भन्ने कुरामा लगानी गरेर केहि समय पछी नै मुनाफा आउने भन्ने पटक्कै हुँदैन. साथै जनतालाई शेयर बेचेर त्यसको प्रतिफल दिन सकिने कुनै ग्यारेन्टी हुँदैन किन भने अनुसन्धान गर्दा ७० प्रतिशत भन्दा बढी नै अनुसन्धानका कामहरु असफल हुन्छन. संसार भरि चलेको चलन यहि हो. यसमा लगानी गरेर त्यसको प्रतिफल पाउन लामो समय लाग्छा र प्रतिफल राष्ट्रले पाउँछ.

३. तेश्रो कुरा जनताले शेयर किन्न सक्ने समय पनि आउदैंछ तर त्यसको तरिका एकदमै बेग्लै छ. अहिले नै राष्ट्रिय आविष्कार केन्द्रमा सफलतापुर्बक अनुसन्धान भएका ५, ६ ओटा जति बस्तुहरु छन् र तिनीहरुलाई उत्पादन गरेर बजारीकरण गर्नु पर्ने बेला आउंदैछ. ति बस्तुहरुलाई ब्यापारिकरण गर्न ईच्छुक नेपालीहरुले कम्पनी खोलेर सामानहरु उत्पादन गरी बेच्न सक्नु हुने छ र शयर पनि बेच्न सक्नु हुने छ. तिनीहरु यस प्रकार छन् – बाँदर र जंगली जनावर तर्साउने मशीन, तरकारी तथा फलफुल लाई ३,४ हप्ता लामो समय सम्म भण्डारण गर्ने बाकस, बेबी वार्मर, बेबी इन्क्युबेटर, अदुवाको पेय पदार्थ, प्लास्टिकका बोतलहरु कच्याक कुचुक पर्ने मशीन, औषधि वितरण गर्ने ड्रोन र अरु केहि सामानहरु. यिनीहरु मध्यमा कुनै सामानमा पनि तपाईले लागानी गर्नु सक्नु हुनेछ अथवा यसरी स्थापना भएको छुट्टै प्रा.लि अथवा पब्लिक कम्पनीमा शेयर हाल्न सक्नु हुने छ. थप प्रश्न छ भने मलाइ फोन गरे हुन्छ.

संसार भरी बाट नै धेरै दाताहरुले दान गर्नु भएको छ तर फुर्सद नभएकोले तपाईहरुको दानको विवरण फेसबुकमा पोस्ट गर्न सकेको छैन. केहि समय पर्खन अनुरोध गर्छु.

सरिता गुरुङको फेस बुक वालबाट

सम्बन्धित खवर