देवकोटाको निवास संग्रहालय वन्ने - JamarkoOnline

देवकोटाको निवास संग्रहालय वन्ने

काठमाडौं, १ पुस..
महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवासलाई सरकारले देवकोटाको संग्रहालयका रुपमा विकास गर्ने भएको छ ।
काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित सो कविकुञ्ज र त्यसले चर्चेको जग्गा नेपाल प्रज्ञा–प्रतिष्ठानले प्राप्त गरेको छ ।
प्रज्ञाप्रतिष्ठानको प्रस्ताव र नेपाल सरकारको निर्णयानुसार कानूनतः १२ आना १ दाम क्षेत्रफलको जग्गाको हक हस्तान्तरण भएको प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले जानकारी दिएका छन् ।
हक हस्तान्तरणबापत सरकारले महाकवि देवकोटाका छोरा क्रमशः प्रा. डा. पद्मप्रसाद देवकोटा र डा. दीपक देवकोटालाई मालपोत कार्यालय चारखाल, डिल्लीबजारमा २ करोड ५० लाखको चेक हस्तान्तरण गरि सकिएको छ ।
देवकोटा संग्रहालयलाई देवकोटाको १ सय १२ औं जन्मजयन्तीका अवसरमा उद्घाटन् गर्ने योजना रहेको प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले जनाएका छन् ।

सम्बन्धित खवर