पूर्वमन्त्री ढकालले केन्यामा पदक बिजेता खेलाडीहरुलाई गरे सम्मान - JamarkoOnline

पूर्वमन्त्री ढकालले केन्यामा पदक बिजेता खेलाडीहरुलाई गरे सम्मान

काठमाण्डौ । सातौ मोबोसा ओपन तोङ्ग ईल मोदो इन्टरनेश्नल च्याम्पियनसिपमा सहभागी भई १ स्वर्ण, ४ रजत र २ कास्य पदक जितेका नेपाली खेलाडीहरुलाई सम्मान गरिएको छ । पीस एम्बेसी भवन नक्सालमा सोमबार पूर्वमन्त्री एकनाथ ढकालले बिजेता खेलाडीहरुलाई माला लगाएर सम्मान गरेका हुन् ।

यहि डिसेम्बर ७ र ८ भएको अन्तर्रा्ष्ट्रिय प्रतियोगिता तोङ्ग ईल मोदो संघ नेपालका खेलाडि नम बिष्टले (कैलाली ) १ स्वर्ण (फाईटमा) १ रजत (कातामा) प्रकाश श्रेष्ठले (झापा) १ रजत (काता), जयबहादुर तामाङ (गोरखा)  १ रजत (फाईट)  १ रजत (सामुहिक काता) १ कास्य (एकल काता) र मंगल शाहीले (सुर्खेत) १ कास्य (फाईट) पदक नेपालका जितेका हुन् ।


प्रतियोगितामा बिश्वको २५ देशले सहभागिता जनाएको थिए । बधाई कार्यक्रम पछि बोल्दै पूर्वमन्त्री एकनाथ ढकालले खेलाडीहरुलाई देशको नाममा स्वर्ण पदक सहित ४ रजत र २ कास्य जितेर गौरव बढाउने कार्य गरेका बताए । तोङ्ग ईल मोदो संघका अध्यक्ष सन्तोष कुमार पौडेल अध्यक्षतामा सम्पन भएको कार्यक्रममा बिश्व शान्ति तथा एकृकित परिवार संघ नेपालका अध्यक्ष प्रकाशबाबु थापा तथा संघका केन्द्रिय पधादिकारी हरुको उपस्थिती रहेको थियो

                   Melina Rai New Song…

सम्बन्धित खवर