कुनै दिनको यादमा,गजलकार:  सुमन मेवाहाङ राई - JamarkoOnline

कुनै दिनको यादमा,गजलकार:  सुमन मेवाहाङ राई

 

कुनै दिनको यादमा ।                                      गजलकार:  सुमन मेवाहाङ राई

नवयात्रा थाल्छु भन्दै हिँडेको थें’ कुनै दिन
ती ढुँङ्गा पगाल्छु भन्दै हिँडेको थें’ कुनै दिन

उपमा के दियौ तिमीले धर्तीको बोझ भनेर
यो धरा उचाल्छु भन्दै हिँडेको थें’ कुनै दिन

हुरी चलेको रातमा दर्के झरिले भिजिन् आमा
म आकाश टाल्छु भन्दै हिँडेको थें’ कुनै दिन

सिमानाका ती जङ्घेपिलर रातरात हराएथे
उखाल्ने म ढाल्छु भन्दै हिँडेको थें’ कुनै दिन

पिरतीले खिएर हो कि हल्का नशा पिएर
जिन्दगी सम्हाल्छु भन्दै हिँडेको थें’ कुनै दिन

सम्बन्धित खवर