प्रदेशको नाम पहिचानका आधारमा ः मन्त्री आङ्बो - JamarkoOnline

प्रदेशको नाम पहिचानका आधारमा ः मन्त्री आङ्बो

पथरी शनिश्चरे, २७ मंसिर
पथरी प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशको नाम पहिचानको आधारमा जनभावना अनुरुप तय हुने बताएका छन् ।
मोरङ्गको पथरीशनिश्चरेमा सम्पन्न चासोक तङनाम फुङसोक उत्सव कार्यक्रमका प्रमुख अतिथि मन्त्री आङ्बोले प्रदेशको नाम आउदो हिँउदे अधिवेशनबाट तय हुने तयारी भएको समेत वताए ।
सो अवसरमा आङबोले आवश्यक परे संविधान संशोधन गरेर र प्रदेशको संख्या बढाउन सकिने र नामाङकन गर्न सकिने पनि जनाए ।
अब प्रदेशको नामाङकन हुदा पहिचानको आधारमा जनताको जन भावनालाई मध्यनजर गर्दै गरिने उनको भनाई छ ।
पथरीको सिरिजंगा धार्मिक वन क्षेत्रमा मौलिक खेलकुद, सम्मान तथा साँस्कृतिक कार्यक्रम सहित ४ दिने चासोक तङनाम सम्पन्न भएको छ ।

सम्बन्धित खवर