अशोक शंकरलाई जेसीज अध्यक्षमा जिताउने अभियान - JamarkoOnline

अशोक शंकरलाई जेसीज अध्यक्षमा जिताउने अभियान

पथरी शनिश्चरे, २६ मंसिर
मोरङको पथरी शनिश्चरेका अशोक शंकरलाई नेपाल जेसीज २०२० को राष्ट्रिय अध्यक्ष वनाउन नगरका संघसस्थाका अगुवाहरुले ऐक्यवद्धता व्यक्त गरेका छन् ।
स्थानीय सम्मिलित अशोक शंकर जिताऔं सहयोग समितिले आयोजना गरेको कार्यत्रममा शंकरको उम्मेद्धारीले पथरीशनिश्चरे मात्र नभइ प्रदेश नम्वर १ कै प्रतिष्ठा जोडिएकाले पनि उहाँलाई राष्ट्रिय अध्यक्षमा जिताउनु पर्ने वक्ताहरुको भनाइ थियो ।
कार्यक्रममा, संविधानसभा सदस्य चण्डीप्रसाद राईले जेसीज जस्तो संस्थाको राष्ट्रिय अध्यक्षमा शंकरको उम्मेद्धारीले पथरी आसपासका क्षेत्रमा उत्साह भरिएको र उहाँलाई सहयोग गर्न सवैमा आग्रह गर्नुभयो ।
कार्यक्रममा शिक्षक नेता दिननाथ तिम्सीनाले शंकरको उम्मेद्धारीले पथरीशनिश्चरे नगरमा सवै संघसस्था र राजनैैतिक दललाई एकीकृत वन्न सहयोग पुगेको वताउनु भयो ।
नेपाली काग्रेसका नेता केशव दुलालले दरिलो नेतृत्व स्थापित गर्न पनि जेसीज जस्तो संस्थामा शंकरको आवश्यकता औल्याउनु भयो । सवै राजनितिक दल तथा संस्थाहरुले शंकरलाई जेसिजको राष्ट्रिृय अध्यक्ष वनाउन लाग्नु पर्ने उहाँको भनाई छ ।
स्थानीय पञ्चायत माध्यमिक विद्यालयका प्रधानाध्पक अर्जुन वुडाथोकीको अध्यक्ष्यतामा १ सय १ सदस्यीय मुल समिति र २१ सदस्यीय सचिवालय समिति गठन गरेर शंकर जिताउ अभियान थालिएको छ । समितीमा पथरीशनिश्चरे नगर भित्रका संघ संस्था र राजनैतिक दलका प्रतिनिधीले नेतृत्व गरेका छन् ।
कार्यक्रममा वोल्दै पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईले शंकरलाई राष्ट्रिय अध्यक्ष वनाउन पथरीशनिश्चरे नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । राई सहित मोरङ्गका उर्लावारी, कानेपोखरी, वेलवारी, सुन्दरहरौचा, लेटाङ्ग, मिक्लाजुङ्ग र सुनवर्सी रतुवामाईका नगरप्रमुख सम्मिलित सल्लाहकार समिति समेत गठन गरिएको छ ।
अध्यक्ष्यका प्रत्यासी शंकरले युवाहरुको लागि केहि नयाँ काम गर्न आफुले उम्मेद्धारीको दावी गरेको वताउनु भयो । धेरै ठाउँवाट सहयोग गर्ने प्रतिवद्धता आएको र आफ्नो पक्षमा माहौल वन्दै गएकाले पनि जित्न सकिने जनाउनु भयो ।
पुस ९ देखि १२ सम्म चितवनको रत्ननगरमा जेसिसको राष्ट्रिय सम्मेलन हुदैछ भने शंकर सहित अन्य दुई जनाले समेत उम्मेद्धारी दिएका छन् ।
स्पष्ट वक्ता ,मिजासिला, सफल उधमी साथै कुशल नेतृत्व क्षमता भएका शंकरले सन् २०११ मा पथरी जेसीजको संस्थापक अध्यक्ष हुदै नेपाल जेसिजको वर्ष २०१४ राष्ट्रिय उपाध्यक्ष साथै वर्ष २०१८ मा राष्ट्रिय कार्यकारी उपाध्यक्ष भएर कुशलातापूर्वक कार्य सम्पादन गरेको अनुभव रहेको छ ।
युवालाई एउटा कुशल नेतृत्व गर्न सक्ने क्षमताको विकास गरी समाजलाई हस्तान्तरण गर्न साथै नेपाल जेसीजलाई नयाँ गति दिन आफुले उम्मेरद्धवारी दिएको बताउँदै सबैलाई सहयोगको लागि आह्वान गरेका छन् । उनले आफ्नो उम्मेदवारीको प्रचार प्रसारका क्रममा देश दौडाहा गरिसकेका छन् ।

..अशोक जिताउन विभिन्न समिति …
नगर प्रमुखको दिलिपकुमार राईको संयोजकत्वको साथै संविधानसभा सदस्य चण्डीप्रसाद राई, नगर उपप्रमुख यमुना विष्ट वास्तोला,नगरका १० वटै वडाका वडा अध्यक्षहरु सम्मिलित सल्लाहकार समिति गठन भएको छ ।
त्यस्तैगरी, अर्जुनकुमार बुढाथोकीको संयोजकत्वको साथै पथरी उधोग वाणिज्य संघ अध्यक्ष दिपक बस्नेत, नगरका स्वास्थ्य संयोजक मुरारी आचार्य सहितको १०१ सदस्यीय अशोक शंकर जिताउँ समिति गठन गरिएको छ ।
नरेश घतानी संयोजक तथा तुलसी ढकाल साथै जानुका भण्डारी लगायत सदस्य रहने गरिको आर्थिक समिति गठन गरिएको छ ।

सम्बन्धित खवर