किन प्रिय ढुकढुकीको धुन बेग्लै भो ? गीतकार:    कोषराज श्रेष्ठ - JamarkoOnline

किन प्रिय ढुकढुकीको धुन बेग्लै भो ? गीतकार:    कोषराज श्रेष्ठ

 

       गीत

              गीतकार:    कोषराज श्रेष्ठ

तिमीले र मैले हेर्ने जुन एउटै हो

किन प्रिय ढुकढुकीको धुन बेग्लै भो ?

 

जुनकीरी ले जुन सङ माया मागेको छ

मनले पनि तिम्रो शितल छाया मागेको छ

हामी तर्ने बिश्वास को पुल एउटै हो

किन प्रिय ढुकढुकीको धुन बेग्लै भो ?

 

शितमा झर्ने फुल जस्तो मन हाम्रो कस्तो

औला देखाई यौटा यौटा तारा गने जस्तो

हासी खुसी बाच्ने हाम्रो युग एउटै हो

किन प्रिय ढुकढुकीको धुन बेग्लै भो ?

 

सम्बन्धित खवर