नेपाललाई फुटवलमा स्वर्ण - JamarkoOnline

नेपाललाई फुटवलमा स्वर्ण

काठमाडौं । नेपालले भुटानलाई हराउँदै १३औं दक्षिण एसियाली खेलकुद साग खेल अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि होचौथो पटक नेपालले यो उपाधी जितेको हो।

मंगलबार भएको फाइनल भिडन्तमा भुटानलाई नेपालले २(१ गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १७ औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो । तर ३७ औं मिनेटमा चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काए ।

खेलको दोस्रो हाफमा नेपालले सुनिल बलको गोलबाट फेरि अग्रता लियो । बलले उत्कृष्ट हेड गोल गरेका थिए । खेलमा थप गोल हुन सकेन र नेपालले २(१ को जितसँगै स्वर्ण जितेको छ ।

सम्बन्धित खवर