चासोकको शुभकामना सहीत सिरिजङ्गामा खेलकुदसुरु - JamarkoOnline

चासोकको शुभकामना सहीत सिरिजङ्गामा खेलकुदसुरु

पथरी । पथरी शनिश्चरे ९मोरङ०मा आजदेखि सिरिजङ्गा स्मृति रनिङ कप भलिबल खुल्ला प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईले उदघाटन गरेपछि सुरु भएको हो ।
एभरेष्ट आवसिय माध्यमिक विद्यालय पथरी र कालीकोशी कानेपोखरी बीच भेलिबल खेल भएको थियो । उद्घाटन खेलमा एभरेष्टले कालीकोशीलाई पाखा लगाएको थियो । एभरेष्टले १२–२५, १४–२५ ले जितेको हो । पुरुषतर्फ सिरिजंगा, एभरेष्ट, कालीकोशी, रानी, क्यापा, काङ्भा, कुशल युबा, बहुमुखी र आर्मी गरी ९ टिमले सभागिता जनाएको छ । पुरुष भलिबलको विजेताले नगद ५५ हजार र उपविजेताले ३५ हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । आजैदेखि महिलातर्फ पनि भलिबल प्रतियोगिता सुरु भएको छ । बहुमुखीले सिरिजंगालाई १५–२५, १५–२५ ले पराजित गर्यो । महिलातर्फ ६ टिमले सहभागिता जनाएको छ । दीप ज्योति, रेडस्टार, भोजपुर, सिरिजंगा, बहुमखुी र एभरेष्ट भलिबल टिमले सहभागिता जनाएको हो । महिला भलिबलको प्रथम पुरस्कार९नगद ३५ हजार०को प्रायोजन पर्शुराम कार्की र दोस्रो पुरस्कार ९नगद २५ हजार० को प्रायोजन कोपिला सिरेङ चोङबाङ९हाङबाङ०ले गरेका छन् । आयोजकको अनुसार पुरुष भलिबलको दोस्रो पुरस्कार प्रायोजन नगरपालिकाले गरेको छ ।

तीन दिनसम्म मनाइने चासोक चङ्नाम फुङ्सोक उत्सब उधौली पुजाको अन्तिम दिन ९मंसिर २६ गते० सम्बोधन गर्न आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । मंसिर २५ गते ऐतिहासिक खेल पक्लुङ लेप्मा, हप्रिङ लक्मा, लिःतोङ आप्मा हुने भएको छ । मंसिर २६ गते विहानदेखि उद्योली पूजा हुने र दिउसो ११ वजेदेखि सम्मान कार्यक्रम, पुरस्कार वितरण, केःलाङ, माङ्लाङ, येवालाङ याःलाक्मा, काक्पारे ख्यालीसहित साँस्कृतिक कार्यक्रम हुने वताइएको छ । सोहि दिन चर्चित संगीतकार तथा गायक तारा प्रकाश लिम्बुको विशेष साँगीतिक कार्यक्रम पनि हुदैछ ।

मौलिक पर्व चासोक तङ्नाम अवसरमा किरात याक्थुङ चुम्लुङ र सिरिजंगा धार्मिक बनको आयोजनामा सिरिजङ्गा स्मृति रनिङ कप भलिबल प्रतियोगिता भएको हो ।

सम्बन्धित खवर