नेपाल फाइनलमा स्वर्णका लागि भुटानसँग भिड्ने, १३ औं साग बंगलादेशलाई १/० ले स्तब्ध पर्दै नेपाल फाइनलमा, - JamarkoOnline

नेपाल फाइनलमा स्वर्णका लागि भुटानसँग भिड्ने, १३ औं साग बंगलादेशलाई १/० ले स्तब्ध पर्दै नेपाल फाइनलमा,

काठमाडौं । १३ औं साग फुटबलमा नेपाल फाइनलमा प्रवेश गरेको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा बंगलादेशलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

                                           

नेपालको जीतमा खेलको ११ औं मिनेटमा सुजल श्रेष्ठको पासमा सुनिल बलले गरेको गोलनै निर्णायक बन्यो । नेपाल र बंगलादेशले पाएका केही अवसर खेर फाल्दा थप गोल हुन सकेन र नेपाल विजयी भयो । अब नेपालले स्वर्ण पदकका लागि मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्ने छ ।

शनिवार माल्दिभ्सलाई पराजित गर्दै भुटानले फाइनमा स्थान सुरक्षित गरेको थियो । नेपालले यसअघि दुई पटक साग फुटबलमा स्वर्ण जितेको थियो । सन १९९९ र २०१६ मा स्वर्ण जितेको थियो । यस्तै साग खेलकुदमा नेपाली खेलाडी गौरिका सिंहले एकै संस्करणको सागमा तीन स्वर्ण जितेकी छिन् । आइतवार गौरिकाले साग पौडीमाअर्को स्वर्ण जितेकी हुन् । उनले चार सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन् ।

सातदोबाटोस्थित पौडी पोखरीमा उनले निर्धारित दुरी ४ मिनेट २५.२८ सेकेण्डमा पुरी गरिन् । उनले यसअघि दुई सय मिटर फ्रिस्टाइल र दुई सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी छिन् । यससँगै जारी सागमा स्वर्ण संख्या ४५ पुगेको छ ।

अनलाईन बाट साभार

सम्बन्धित खवर