इलामको चियाले पायो अन्तराष्ट्रिय गोल्ड अवार्ड - JamarkoOnline

इलामको चियाले पायो अन्तराष्ट्रिय गोल्ड अवार्ड

इलाम, २७ कार्तिक..
नेपालमा उत्पादन हुने विभिन्न प्रकारका चियामध्ये अर्गानिक ब्ल्याक चियातर्फ इलामको चियाले अन्तराष्ट्रिय गोल्ड अवार्ड प्राप्त गरेको छ ।
नेपालले २३ मुलुकको एक सय ९१ प्रकारका चियाको नमूनालाई उछिन्दै इलामस्थित लामण्डला स्पेशियलिटी चिया प्रशोधन उद्योगले अर्गानिक कालो चियातर्फ गोल्ड अवार्ड प्राप्त गरेको हो ।

यस्तै इलामकै कञ्चनजंघा अर्गानिक चिया उद्योग, लालिगुराँस चिया प्रशोधन उद्योग र जस्बीरे चिया प्रशोधन उद्योगले सिल्भर अवार्ड पाएको हो । नेपालको तीन उद्योगबाट उत्पादन हुने चियाले पनि सिल्भर अवार्ड प्राप्त गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।
चिनियाँ सरकारको स्वामित्वको टी इण्डस्ट्रि कमिटी अफ चाइना एशोसिएसन फर द प्रमोशन अफ इन्टरनेशनल कोअपरेशनले २३ मुलुकबाट एक सय ९१ प्रकारका चियाको नमूना संकलन गरेको थियो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपालमा उत्पादन हुने विभिन्न प्रकारको चियाको नमूना संकलन गरी चीनको उक्त संस्थालाई उपलब्ध गराएको थियो ।

सम्बन्धित खवर